काङ्ग्रेस मंगलसेन ६ को डाँडागाउँ टोलमा टोल कार्यसमिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

काङ्ग्रेस मंगलसेन ६ को  डाँडागाउँ टोलमा टोल कार्यसमिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

भेलाको प्रमुख अतिथिमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य जनकराज भण्डारी रहनु भएको थियो।भेलाको प्रमुख अतिथिको आसन बाट बोल्दै भण्डारीले अगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पहिलो शक्ति रूपमा स्थापित हुने दाबी गर्नु भएको छ ।

भेलामा  बोल्दै क्षेत्रीय सहसचिव पुष्पराज भण्डारी पार्टीको तर्फबाट उम्मेदवारी दिँदा सक्षम तथा पाटी सङ्गठनमा अहोरात्र खटेको व्यक्तिलाई दिनु पर्ने बताउनु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि सुशील भण्डारीले आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मंगलसेन नगरपालिका वडा नम्बर ६  लगायत  अछामका १० वटै पालिका हरुमा काङ्ग्रेसको चारतारे झण्डा फहराउदै काङ्ग्रेस लाई बिजयी  गताउनका लागी हातमा हात काधमा काध मिलाएर अघि बढ्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै  मंगलसेन नगर कार्यसमितिका उपसभापति हेमराज भण्डारीले  कम्युनिस्टहरुले चुनाव नजिकिए संगै विभिन्न किसिमका भ्रम हरु फैलाउदै आएकोले त्यस्ता भ्रमको पछी नपर्न अनुरोध गरे । कार्यक्रममा क्षेत्रीय  प्रतिनिधि सुवानाथ भण्डारी , पदम भण्डारी ,भवानी भण्डारी ,साबी भण्डारी ,नन्दाराम भण्डारी शिक्षक संघका नेता नगेन्द्र भण्डारी ,मदन भण्डारी वडा कार्यसमितिका उपसभापति वडा सभापति मनिराम भण्डारी,देबिराम भण्डारी  लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

भेलाको अन्य अतिथिमा क्षेत्रीय सचिव पुष्पराज भण्डारी प्रदेश प्रतिनिधि सुशील भण्डारी ,मङ्गलसेन नगर उपसभापति ,हेमराज भण्डारी,वडा उपसभापति ,मनीराम भण्डारी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *