मार्ग चित्रमा देखिने गरी कांग्रेसको संगठन निर्माण गर्ने योजना छ : प्रदेश सभापतीका उम्मेद्धार भाट

मार्ग चित्रमा देखिने गरी कांग्रेसको संगठन निर्माण गर्ने योजना छ : प्रदेश सभापतीका उम्मेद्धार भाट

अछाम । नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितीका निर्वतमान सभापती गोकुल भाटले आफुर्ला अछाम क्षेत्र नं. १ प्रदेश सभा (क) को सभापती पदको रुपमा अघि सारेका छन् । प्रदेश सभा अन्र्तगत साँफेबगरका १४ र चौरपाटी गाँउपालिकाका ७ वडामा कांग्रेसको संगठनलाई मार्ग चित्रमा देखिने गरी काम गर्ने प्रतिबद्धताका साथ उनले आफुलाई प्रदेश सभापतीको रुपमा अघि सारेको बताए ।

नगर सभापती भएर काम गरिसकेपछि स्वभाबिक रुपमा अबको उम्मेद्धारी प्रदेश सभा भएको भन्दै युवा नेता भाटले भने प्रदेश सभा क को पार्टीको संगठनलाई चुस्त दुरुस्त राख्ने, कार्यालय व्यविस्थत गरी पार्टीका दस्ताबेज सिष्टममा राख्ने, बिद्यानले दिएको अधिकारलाई अक्षरस पालना गर्दै संगठन निर्माण गर्ने योजना छ ।

संगठन विस्तारका लागि रातदिन नभनी पार्टीको लागि समय खर्चेको छु : उम्मेद्धार भाट

नेपाली कांग्रेसको १३ औँ महाधिबेशन अन्र्तगत भएको साँफेबगरको अधिबेशनबाट नगर सभापती निर्वाचित भएपछि नगरका १४ वटै वडामा संगठन विस्तारका लागि रातदिन नभनी आफ्नो समय पार्टीको लागि समय खर्चेको भन्दै उनि भन्छन् आगामी दिनहरुमा पनि साँफेबगर र चौरपाटी गाँउपालिकामा कांग्रेस जित्न सक्ने अधार खडा गरी एउटा रोड म्याप तयार गरेर पार्टीका उम्मेद्धारलाई जिताउन प्रयत्न रहेन्छ ।

अहिले मेरो भन्दा पनि राम्रो नेतृत्व चयन गुर्नपर्ने बेला भएको छ उम्मेद्धार भाट भन्छन् हामी नेतृत्व चयन गरिरहदाँ कांग्रेसको ५ बर्षको कार्य दिशा तय हुनेछ जसले आगमी ५ बर्षमा पार्टीलाई कस्तो बनाउने भन्ने तर्फ हुनेछ त्यसैले सबै प्रतिनिधी र नव निर्वाचित वडा र नगर कार्य समितीलाई सक्षम र सबल नेतृत्व चयन गर्न उनको आग्रह छ ।

उनि भन्छन् हामी अहिले चुक्यौँ भने कांग्रेस चुक्नेछ, तसर्थ त्यसो हुन नदिन नगर र पालिका भित्रका सबै क्षेत्रिय प्रतिनिधीले सोच बिचार गरी समर्थन र साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु । देश संघियतामा गएपछि साँफेबगर नगर कार्य समितीको तदर्थ समितीको सचिव हुदाँ नगरका १२ वटै वडाहरुमा गएर पार्टी संगठन र सबै भातृसंगठनहरुको निर्माण गर्ने कामको सुरुवात गरेर वडा कार्यसमितीलाई सक्रिय बनाएको उनले बताए ।

नाष्ट ईञ्जिईरिगं कलेजमा पढ्दै गर्दा नेबिसंघको सदस्यता लिएर राजनिति यात्रा सुरु गरेका भाटले तत्कालिन रिडकोट गाँउ कार्य समितीको सचिव भए पश्चात पार्टीलाई झोलामा राख्ने प्रथाको अन्त्य गरी वडामा पार्टीको कार्यालय स्थापना गरेर व्यवस्थि र प्रभावकारी रुपमा संगठन संचालन गरेको उनको दाबी छ ।

आफुले सामाजिक सेवा अन्र्तगत रामारोशनमा बाढी आउदा होस् वा कोरोनाको कहरमा बयालपाटा अस्पताल र स्वास्थ्यकर्मीलाई सहयोग गरेको छु । यस क्षेत्रका असक्त असाह्य, पछाडी परेका वर्ग, जेहेन्दार बिद्यार्थी सहयोग गरेका कारण पनि सबैले आफुलाई साथ दिने उनको बिश्वास छ ।

अबको अछाम कांग्रेस कस्तो हुनुपर्छ भन्ने सुदुरआजको प्रश्नमा उम्मेद्धार भाट भन्छन् १३ औँ महाधिबेशन भन्दा पहिले कांग्रेस सुतेको अवस्थामा थियो, गाँउठाँउमा संगठन थिएन, वर्तमान सभापती भरत कुमार स्वाँर नेतृतवमा आएपछि संगठन चलायमान भएको छ ।

उनले भने स्थानिय तहको चुनावमा अधिकांश स्थानिय तहमा बिजयी हासिल गर्न सफल भएको छ । त्यसैले पुन पनि काम गर्न सक्ने, पार्टीलाई समय दिनसक्ने, संगठन चलायमान बनाउने, जुझारु र क्षमतावान नेतृत्व आउनु पर्दछ त्यस्तो व्यक्तीको खाँचो कांग्रेस अछामलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *