काँग्रेस क्षेत्र नं. २ को सचिवमा उम्मेदवारी दिने युवा नेता बिष्टको घोषणा

काँग्रेस क्षेत्र नं. २ को सचिवमा उम्मेदवारी दिने युवा नेता बिष्टको घोषणा

अछाम : नेपाली काँग्रेशको आसन्न १४ औं महाधिबेशन नजिकीदै गर्दा अछाममा पनि यति बेला काँग्रेस अधिबेशनको माहोला निकै नै तातेको छ । बिभिन्न क्षेत्रबाट बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गईरहेको छ ।

यसै क्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ मा बिभिन्न ब्यक्तीहरुले क्षेत्रिय सचिबको पदमा उम्मेदवारी घोषणा गरिरहदा काँग्रेसको राजनितीमा सकृय युुवा नेता भिम बहादुुर बिष्टले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालि काँग्रेसको संगठन निर्माणमा सकृय बिष्ट २०७४ को आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट कमलबजार नगरपालिकाको वडा नं. १० घोडासैनको वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०६७ बाट काँग्रेस राजनितीमा सकृय बिष्ट शिक्षक पेशा छोडेर नेकपा एमालेका आफ्ना प्रतिद्धन्दी लाई फराकिलो मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

पार्टीमा एकता र सहमति क्षेत्रिय सचिब पदमा आफ्नो उम्मेदवारी रहेको बताए । पार्टीको संगठन मजबुुद एवंम् सुदृढ बनाउन आफ्नो अहम भुुमिका रहने बिष्टको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *