काङ्ग्रेस प्रदेश ‘क’ को सभापतिको लागि साँफेबगर नगर सभापति भाटको उम्मेद्धारी

काङ्ग्रेस  प्रदेश ‘क’ को सभापतिको लागि साँफेबगर नगर सभापति भाटको उम्मेद्धारी

भाद्र २१ अछाम:नेपाली काँग्रेस साँफेबगर नगर कार्य समितिका सभापति गोकुल भाटले अछाम निर्वाचन क्षेत्र नं.१ अन्र्तगत प्रदेश क को सभापति उठ्ने संकेत गर्नुभएको छ । असोज १ गते हुने प्रदेश अधिवेशनमा आफू सभापतिको लागि उम्मेद्धारी दिने तयारी रहेको  जानकारी दिनुभएको छ । उहाँले अहिले नै प्रदेश सभाको सभापतिको लागि घोषणा नगरेता पनि नेताहरुसँग सल्लाह गरेर सभापतिको उम्मेद्धारा बन्ने संकेत गर्नुभएको छ ।

नगर सभापति भाट नगर सभापतिमा चुनावमा प्रतिस्पर्धा गरेर सभापति बन्नुभएको थियो । सभापति भाट युवाहरु माझ लोकप्रिय रहेका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीको लागि नेपाली काँग्रेस जुटेको छ । नेपाली काँग्रेसका नगर÷गाउँ अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *