काबुल हमलाबारे तालिबानले यस्ताे भन्यो…..

काबुल हमलाबारे तालिबानले यस्ताे भन्यो…..

अफगानस्तानकाे काबुल विमानस्थलमा भएको बम बि’स्फोटमा परी कम्तिमा ६० जना मारिएका छन् भने  कम्तीमा १४० जना घा’इते भएको खबर छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको एबी गेट बाहिर र एबी गेटभन्दा थोरै पर बैरन होटल आसपासमा भएका दुइवटा बिस्फोटमा तालिबानका २८ बढी सदस्य मा’रिएकाे खबर समाचार एजेन्सी रोयटर्सले दिएको छ ।

तालिबानका एक अधिकारीका भने ‘काबुल विमानस्थलमा भएको बि’स्फोटमा अमेरिकीभन्दा बढी हाम्रा मानिसहरु मा’रिएका छन् ।’ यद्यपि, उक्त ह’मलापश्चात् पनि उनीहरुले अमेरिकीलाई ३१ अगस्टपछि अफगानिस्तानमा बस्न कुनै आवश्यकता नभएको बताएका छन् ।

बिहिबार राती काबुल विमानस्थलको बाहिरी हिस्सामा भएका दुई बि’स्फोटमा कम्तीमा ९० जना मा’रिएका छन् जसमा १३ अमेरिकी सैनिक पनि समावेश छन् ।  इस्लामिक स्टेटको एक सहयोगी संगठनले उक्त ह’मलाको जिम्मेवारी लिएको दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यो घटनाबारे पूर्ण जानकारी दिइएको छ । यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बि’स्फोटको विषयमा आपतकालीन बैठकको आयोजना गर्नेछन् ।

विदेश मामिलाा र राष्ट्रिय सुरक्षा रणनीति समितिकी सदस्य एलिसिया केन्र्सले भनेकी छिन्, ‘बेरन होटल नजिकै भएको ह’मलामा थुप्रै घा’इते भएका छन्, त्यहाँ बेलायतले ती व्यक्तिहरुको नामलाई अन्तिम रुप दिइरहेको थियो जसलाई त्यहाँबाट बाहिर निकालिनु थियो ।’

उनकी सहयोगी नुस घनीले बि’स्फोटका बेला उनी काबुल विमानस्थलबाहिर उभिएका कोही व्यक्तिसँग कुरा गरिरहेकी थिइन् । पछि उनले बताइन् कि जुन व्यक्तिसँग उनी कुरा गरिरहेकी थिइन्, ती ठिक छन् र कुनै सुरक्षित स्थानमा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *