रामाराेशन गाउँपालिकामा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

रामाराेशन गाउँपालिकामा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अछाम :रामाराेशन गगाउँपालिकामा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा याेजना तर्जुमा गाेष्टि तथा स्वास्थ्य सस्था सम्मान कार्यक्रम सम्पन्न भएको छ । भदौ ८ गते बाट सुरु भएको समिक्षा कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

कार्यवाहक अध्यक्ष खडक वहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा ७ वटै वडाका
वडा अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्य चाैकि इन्चार्ज ,शाखा प्रमुखहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा काेभिड १९ न्यूनीकरण गर्न खटिएका सम्पुर्ण स्वास्थ्यकर्मी हरुलाइ सम्मान स्वरुप सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०८८/०७८ मा भएका स्वास्थ्य कार्यक्रमहरूकाे मुल्याङकन गर्दा रामाराेशन स्वास्थ्य चाैकि प्रथम,सुतार स्वास्थ्य चाैकि दोस्रो ,शान्तडा स्वास्थ्री चाैकि तेस्रो स्थान भएका छन् । उक्त स्वास्थ्य संस्थालाइ प्रमाण पत्र वितरण गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन हेल्थ असिष्टेन्ट दिपक खनालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *