रावलद्धारा जन्मदिनमा बिरामीलाई फलफुल वितरण, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

रावलद्धारा जन्मदिनमा बिरामीलाई फलफुल वितरण, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

कमल रावल, साउन ३० अछाम:मंगलसेन नगरपालिका वडा नम्बर ९ का युवा हेमराज रावलले आफ्नो जन्म दिनको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गरेका छन । रावलले जिल्ला अस्पताल अछाममा भर्ना भएका २५ जना बिरामीलाई फलफुल वितरण गर्नुका साथै क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ९ की राधा रावललाई उपचार खर्च स्वरुप ५ हजार १ सय आर्थिक सहयोग गर्नु भएको छ । २७ औँ जन्म उत्सवको अवसरमा बिरामीलाई फलफुल वितरण तथा क्यान्सर पिडीतलाई आर्थिक सहयोग गर्दै चार्टर एकाउन्टेड सिए समेत रहेका रावलले जन्म दिनमा हुने फजुल खर्चलाई सामाजिक कार्यतिर सहयोग स्वरुप आफुले यसअघि समेत सहयोग गर्दै आएकाले यस बर्ष समेत खर्च गरेको बताउनु भयो । जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामीलाई फलफुल वितरण कार्यक्रममा रावल सहीत, निमित्त कार्यालय प्रमुख डाक्टर प्रेम प्रसाद ढुगांना, नर्सिग ईञ्चार्ज तथा सुचना अधिकारी गंगा बुढामगर, हेल्थ असिस्टेन्ट प्रेमपुर्ण ठकुल्ला, अहेब दिपेन्द्र शर्मा, पत्रकार कमल रावल लगाएतको सहभागीता रहेको थियो । बिरामीलाई फलफुल वितरण गर्दै सहभागी सबैले बिरामीको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *