भ्वाइसका धर्मेन्द्र र किरणले ल्याए ‘नदेखिन्या घाउ’ – भिडियो

भ्वाइसका धर्मेन्द्र र किरणले ल्याए ‘नदेखिन्या घाउ’ – भिडियो

काठमाडौं: चर्चित सिङ्गिङ रियालिटि शाे द भ्वाइस अफ नेपालका प्रतियाेगी धर्मेन्द्र सुनार र किरण गजमेरकाे आवाजमा रहेको गीत ‘नदेखिन्या घाउ’  सार्वजनिक भएको छ ।

भ्वाइस अफ नेपालमा निकै रुचाइएका धर्मेन्द्र र किरणकाे आवाजमा रहेकाे ‘नदेखिन्या घाउ’को दृश्यमा वैदेशिक राेजगारकाे सपना देखेर दलालबाट ठगिएर जीवनयापनका लागि संघर्ष गरिरहेका युवाकाे कथालाई देखाइएको छ ।

नेपालको कर्णाली/ सुदूरपश्चिमी भेगको संस्कृति बोकेको देउडा भाकाको झल्को दिने उक्त गीतमा संगीत करन राज कार्कीको रहेको छ । कार्की भ्वाइस अफ नेपालका संगीत निर्देशकसमेत हुन् । लेखु सहयात्रीले रचना गरेको उक्त गीतमा देवेन्द्र बब्लु, पृथ्वी खनाल, संगीता थापाको अभिनय रहेको छ । भिडियोको निर्गेशन मौसम हिमालीले गरेका छन् ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *