महतोकाे विवादास्पद अभिव्यक्ति : ‘नेपाल बहुल राष्ट्रिय राज्य हो’

महतोकाे विवादास्पद अभिव्यक्ति : ‘नेपाल बहुल राष्ट्रिय राज्य हो’

काठमाडौं : नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन्।

मन्त्री भएपछि पार्टी कार्यालय बबरमहलमा जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग बोल्दै महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका हुन्।

महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्ने बताए।। उनले बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामै लानुपर्ने दाबी गरे। महतोले बहुल राज्य नभए जनताले अधिकार र पहिचानका लागि आन्दोलन गरिरहने बताए।

‘नेपाल विविधताले भरिएको देश हो। नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ’, महतोले भने, ‘विविधताले भरिएको देश एकल हुनै सक्दैन। बहुलता नै हुन्छ। बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन।’

महतोले संविधानविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनको चौतर्फी आलोचना भएको छ । उनले शुक्रबार पदभार ग्रहण गर्दै नेपाल बहुल राज्य भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *