भ्रष्टाचारमुक्त बान्नीगढीको परिकल्पनामा युवाहरु

भ्रष्टाचारमुक्त बान्नीगढीको परिकल्पनामा युवाहरु

गाउँठाउँमा भ्रष्टाचार, अनियमितताका घटनाहरु बढिरहेका बेला बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरु भ्रष्टाचारमुक्त पालिकाको परिकल्पनामा जुटेका छन् ।

गाउँपालिकामा हुने भ्रस्टाचार, अनियमितताका घटनाहरुलाई उखेल्दै समृद्ध गाउँपालिकाको परिकल्पनासहित युवाहरु जुटेका हुन् । जसअन्तर्गत भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवा सरोकार विषयक सप्ताहव्यापी अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको छ ।

भर्चुअल जूम मिटिङमार्फत गरिएको अन्तरक्रिया कार्यक्रम यही जेठ १७ गतेसम्म सञ्चालन गरिने समृद्ध जयगढ गन्तव्य अभियानका संयोजक तारा प्रसाद पाण्डेले बताउनुभयो । भर्चुअल जूम मिटिङमा बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरूसँगै बान्नीगढी जयगढ गाउँपालिका स्थायी ठेगाना भई हाल विभिन्न क्षेत्र तथा ओहोदामा रहनु भएका ७ जना अतिथिहरूले युवाहरूलाई मार्ग प्रशस्त गर्नुका साथै आफ्ना अनुभवहरू आदान प्रदान गर्ने गराउने छन् ।

भर्चुअल मिटिङको पहिलो दिन कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता पूर्ण रावलले कार्यक्रमका सहभागीका जिज्ञासा मेटाउनुका साथै अभियान सञ्चालनका लागी आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्नुभएको थियो । अभियान कुनै पनि व्यक्ति तथा समूहलाई लक्षित नगरी स्वतन्त्र रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै रावलले यो सकारात्मक तथा रचनात्मक कार्यक्रमको अनुसरण सबै तिर हुने अपेक्षा गर्नुभयो ।

भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवा सरोकार विषयक सप्ताह व्यापी अन्तरक्रिया कार्यक्रमको पहिलो दिन ४० बढी युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा पूर्व जिल्ला विकास समिति सदस्य समाजसेवी तीलक खत्री तिमिल्सैना,मोहनमान स्वार,अर्थविद् झपट बोहरा,पूर्ण रावल,भरत खड्का,नरेन्द्र साउँद, हिम बहादुर विश्वकर्मा लगायत रहनु भएको छ । जेठ १७ गतेसम्म प्रत्येक दिन साँझ ३:३० देखी साँझ ५ बजेसम्म भर्चुअल जूम मार्फत कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *