वी.पी.कोइराला युवा नेतृत्व विकास मञ्च अछामले जिल्ला अस्पतालका बिरामीलाई दैनिक खाना खुवाउने

वी.पी.कोइराला युवा नेतृत्व विकास मञ्च अछामले  जिल्ला अस्पतालका बिरामीलाई दैनिक खाना खुवाउने

अछाम । बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पताल अछाममा भर्ना भएका र कोरोना संक्रमित बिरामीहरुलाई    खाना  खुवाउने भएको छ ।

मञ्चको पहलमा जिल्ला अस्पताल संग समन्वय गरेर दैनिक खाना  बितरण अभियान संचालन गरिने मञ्च अछामका संयोजक दिनेश कुमार स्वाँरले बताए ।

कोरोना महामारीका कारण जिल्लामा निशेधाज्ञा जारी भएका बेला खाना खान  पाउन मुस्किल भईरहेको भन्दै सोमबार देखि हरेक दिन भर्ना भएका र कोरोना संक्रमित भएर आईश्वलेसनमा रहेकाहरुलाई खाना  बितरण अभियान संचालन गरिने संयोजक स्वाँरले सुदूरआजलाई बताए ।

अहिेको परिस्थितीमा मर्कामा परेका बिरामीलाई अस्पतालका चिकित्सकको सल्लाह अनुसार पोसिलो खाना  बितरण गरिने उनको भनाई छ ।

खानाका लागि डा. रावलको परिवारद्धारा ५० हजार सहयोग ।

बीपी यूवा नेतृत्व मञ्च अछमले संचालन गर्न लागेको खाना  खुवाउने अभियानका लागि नेपाली कांग्रेसका युवा नेता बिनय रावलले आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी रवालले जिल्ला अस्पताल अछामका बिरामीलाई मञ्चले संचालन गर्न लागेको खाना  बितरण अभियानका लागि ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

अभियानका लागि नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर, संबिधान सभा सदस्य, अर्थबिद डा. तिलक रावल उहाका धर्म पत्नि रिता रावल र सामाजिक अभियान्ता एवंम काङ्ग्रेस युवा नेता बिनय रावलको सयूक्त सहयोग रहेको छ ।

जन्मथलो अछाम भएका रावल परिवारले जिल्लाका हरेक समस्यामा साथ दिदैँ आएका छन् । आफ्नो ठाँउको माया लाग्छ केही अप्ठेरो पर्दा आफुले सक्ने सहयोग गरिरहेको छौँ डा. रावलले भने ।

अहिलेको परिस्थितीमा सबै भन्दा बढी मारमा बिरामी परेको कुरालाई मध्यनजर गर्दै बीपी यूवा नेतृत्व मञ्च अछमले संचालन गरेको अभियान मार्फत राहत पुगोस भनेर आर्थिक सहयोग गरेको रावलले बताए ।

यसअघि नेबिसंघ अछाम र सिडेन अछामको पहलमा जिल्लाको बयालपाटा अस्पतालमा रहेका बिरामी र कोरोना संक्रमित बिरामीलाई दैनिक खाजा खुवाउने अभियान संचालन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *