स्कुल अफ डेमोक्रेसी अछामद्धारा अस्पताल र बिरामी संग सहयोगी मन जोड्ने अभियानको थालनी

स्कुल अफ डेमोक्रेसी अछामद्धारा अस्पताल र बिरामी संग सहयोगी मन जोड्ने अभियानको थालनी

अछाम । स्कुल अफ डेमोक्रेसी अछामले अस्पताल र बिरामी संग सहयोगी मनहरुलाई जोड्ने अभियान थालनी गरेको छ । जिल्लामा कोरोना संक्रमण दर बढीरहेकाले उनिहरुको उपचारमा सहज होस् भन्ने हेतुले सहयोगी अभियान थालनी गरिएको स्कुल अफ डेमोक्रेसी अछामले जनाएको छ ।

उपचार अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिनका लागि अस्पताल र बिरामीलाई सहयोग पुगोस् भनेर यो अभियानको थालनी गरिएको स्कुल अफ डेमोक्रेसी अछामका अध्यक्ष पदमराज अधिकारी ले बताए ।

जिल्लामा कोरोना संक्रमण दर बढीरहेको छ, दोश्रो लहरमा मात्रै १४ जनाले ज्यान गुमाईसकेका छन् अध्यक्ष अधिकारीले भने आगामी दिनमा यस्तो अवस्था नआवस् र सबैले सहजै उपचार पाउन मद्धत पुगोस् भनेर अभियान थालनी गरेका हौँ ।

हाम्रो अभियानले बिरामी र स्वास्थ्य संस्थालाई नै मजबुत बनाउन टेवा पुग्छ अध्यक्ष अधिकारीले भने अभियान निरन्तर जारी रहन्छ यसमा सबैको साथका लागि अपिल गर्दछु । अभियानमा जिल्लाबासी तथा जिल्ला बाहिर रहेकालाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।साथै उहाँले मानवीय सेवाका लागि सहयोग अभियान नरोकिने बताए ।

सरकारले अछाम जिल्ला अस्पताल लाई कोभिड अस्पतालको रुपमा घोषणा गरे पनि दक्ष जनशक्ति र साधन स्रोतको अभावमा भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको भन्दै यसमा टेवा पुरयाउने उद्देश्यले अभियान थालनी गरिएको जिल्ला सचिव बम बहादुर स्वाँरले बताए ।

जटिल खालको बिरामी उपचारको लागि स्रोत साधनाको अभाव तथा अक्सिजन अभावमा जिल्ला बाहिर जानुपर्ने अवस्था बिद्यमान रहेकाले यसको अन्त्यका लागि सहयोग पुगोस् भनेर अभियान सुरुवात गरिएको उनको भनाई छ ।

जिल्लमा दक्ष जनशक्ती सहितको अक्सिजन प्लान्ट, भेण्टिलेटर र आईसियूको स्थापनाका लागि सबै सरोकारवाला निकायले पहल गर्नुपर्ने र यसको लागि हाम्रो संस्था तर्फबाट सानो सहयोगले पनि सहज होस भन्ने उदेश्यले अभियान सुरु गरेका हौँ सचिव स्वारले भने ।

अभियानमा साथ दिन साफेबगर नगरपालिका ८ का ललित कुँवरले २५ हजार, मंगलसेन ५ का शरद ढुंगानाले २० हजार साफेबगर १० का तिलक बटालाले १० हजार मंगलसेन १३ का पुष्प बहादुर भण्डारीले १० हजार साँफेबगर ६ का भक्त ठकुल्लाले ६५ हजार ५ सय, बीरेन्द्र विष्ट ५१ हजार, करण चलाउने २००० हजार, मगलसेन ५ का प्रेम ढुङ्गानाले ११ सय सहयोग गर्ने घोषणा गरेका छन् ।

अहिले सम्म सहयोगको घोषणा गर्ने सबैलाई जिल्ला शाखाले धन्यवाद ज्ञापन समेत रगेको छ ।

सहयोगका लागि
स्कुल अफ डेमोक्रेसी अछाम ।
खाता नंबर ०८२२६०१८७२९७५०१८
कृषि विकास बैंक मंगलसेन शाखा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *