संसद विघटनविरुद्ध कांग्रेस कानुनी र राजनीतिक लडाइँ लड्ने

संसद विघटनविरुद्ध कांग्रेस कानुनी र राजनीतिक लडाइँ लड्ने

नेपाली कांग्रेसले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे शनिबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *