गैरसांसद ७ जना मन्त्रीलाई काम नगराउन सर्वोच्चको आदेश

गैरसांसद ७ जना मन्त्रीलाई काम नगराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीको नियुक्ति बदर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई प्रधानन्यायाधीश राणाले उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण लगायतका काम संविधान अनुकुल नभएकाले मन्त्रीको हैसियतमा काम नगराउन आदेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *