विश्वलाई ८ करोड डोज कोरोना खोप दिने अमेरिकाका राष्ट्रपतिको घोषणा

विश्वलाई ८ करोड डोज कोरोना खोप दिने अमेरिकाका राष्ट्रपतिको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ सातामा विश्वका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्।

अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्। यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएका थिए ।

बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने बताए। बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *