तुर्माखाद गाउपालिका र सामान्य प्रशासन मन्त्रालय बीच पक्की सडक बनाउन सम्झौता

तुर्माखाद गाउपालिका र सामान्य प्रशासन मन्त्रालय बीच पक्की सडक बनाउन सम्झौता

अछाम : अछामको तुर्माखाद गाउपालिकाले प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममा समझदारी पत्र (एमओयुमा) सम्झौता गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रममा पालिकाका अध्यक्ष पुस्पराज शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

आइतबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थिति भएको कार्यक्रम हस्ताक्षर गरेका हुन । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ । पालिकाको केन्द्र जोड्न स्थानीय तहको संयुक्त साझेदारीमा सडक निर्माण गर्ने जनाएको छ ।

प्रादेशिक एबम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत तुर्माखाद-बासकाडा-पुनेपाटा-बतासे सडक (३०कि.मि.)आयोजना कार्यान्वयनका लागि नेपाल सरकार,प्रदेश सरकार र तुर्माखाद गाउँपालिका बिच आयोजना कार्यान्वयन लागि गाउँपालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरिएको गाउँपालिका अध्यक्ष शर्माले बताए । यो कार्यक्रम मार्फत पक्की सडक निर्माणकार्य अगाडि बढ्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *