डोजरले टहरा भत्काउन थालेछ, ‘बाहिर निस्कँदा अत्यास लाग्यो, रोइरहेको बच्चा च्यापे

डोजरले टहरा भत्काउन थालेछ, ‘बाहिर निस्कँदा अत्यास लाग्यो, रोइरहेको बच्चा च्यापे

बिधुत्मा रैका,

शनिबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ को चौराहको सुकुम्बासी बस्ती भत्किसेकेको थियो । सुकुम्बासी बस्तीमा सानो नास्ता पसल खोलेर बसेकी तारा मल्ल असरल्ल फिजारिएका सामान हेर्दै रुदैं थिईन् । उनको साहाराका रुपमा १ छोरा छन् । उनका छोरा बोल्न सक्दैनन् । ज्यामी काम गरेर परिवार पाल्न मुस्किल पर्छ । ताराले आफ्नो हातगोडा चल्दासम्म आफै गरेर खान्छु भन्दै सहकारीबाट ५ लाख ऋण लिएर सुकुम्बासी बस्तीमा १ वर्ष पहिले नास्ता पसल राखिन् । तर स्थानीय सरकारले बस्ती नै भत्कायो अब कहाँ जाने ? के गर्ने ? कसरी सहकारीको ऋण तिर्ने ? उनलाई निकै अन्यौलता छाएको छ । उनले भनिन्,–‘कमाउला तिरौला भन्छु तर पैसा नै जम्मा हुँदैन भरखरै राखेको ग्राहक पनि खासै आउदैनन् । मेरो साथमा १ रुपैयाँ पनि छैन ।’

शनिबार दिउँसो सुकुम्बासी बस्ती भर्खरै खाना खाएर भाडाकुडाँ धुदैँ थियो । सुरक्षाकर्मीको लावालस्करसहित सरकारी डोजर बस्तीमा घुस्यो उक्त सुकुम्बासी बस्तीलाई भग्नावशेष बनाएर फर्कियो । ‘म त डोजर आउने बित्तिकै घुम्ती हटाउँछु भनेर हतार हतारमा हटाउँदै थिए । झ्याप्पै आईहाल्यो । मेरो घुम्ती त एकैछिन्मा खेस्राखेस्रा बन्यो । मेरो पनि खुट्टामा चोट लागेको छ । हिड्नडुल्न सकेको छैन ।’ पूर्णदेवी घर्तिमगरले दुखी हुँदै भनिन् । डोजरले टहरा भत्काउन थालिसकेछ,’ सुकुम्बासी बस्तीकी एकजना १ महिने सुत्केरी महिलाले भनिन्, ‘बाहिर निस्कँदा अत्यास लाग्यो । भित्र गएर रोइरहेको बच्चा च्यापेँ । अब यो १ महिनाको बच्चालाई लिएर कहाँ जाउँ ? सामान पनि निकाल्न सकिएन ।

उक्त बस्तीवालालाई विगत लामो समयदेखि बस्ती हटाउन कोहलपुर नगरपालिकाले बारम्बार पत्र पठाउने गरेको थियो । बस्ती भत्काउनु भन्दा अगाडी उनीहरुलाई बस्ती खाली गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । तर उनीहरुले भने बस्ती सारेका थिएनन् । बस्तीकी एक किशोरी चित्रा भण्डारीले भनिन्,– हामी सार्नेवाला नै थियौ । तर शनिबार भएकोले डोजर आउला भन्ने लागेकै थिएन ।’ बस्तीका सुकुम्वासीहरुको सानो झुपडीलाई डोजरले सोत्तर बनाएपछि उनीहरुसँग केही बाँकी रहेन । ‘हामी तपाईहरुकै अगाडी सामान निकाल्छौ । अहिले नभत्काउनुहोस् । डोजर रोक्नको लागि उनीहरुले हातपाउ जोडे । तर डोजर निरन्तर चल्यो । डोजर बस्ती होईन आफ्नो छातीमा चलेको उनीहरु महशुस गरे ।

सुकुम्बासी बस्ती डोजरले सोत्तर बनाएपछि त्यहाँ बस्दै आएका धेरै परिवारको बेहाल भएको छ । लामो दुरीको अत्याधुनिक बसपार्क बनाउनको लागि उक्त बस्ती खाली गर्नुपर्ने कोहलपुर नगरपालिकाले जनाएको छ । लामो दुरीको अत्याधुनिक बसपार्क निर्माण गर्ने तयारी पनि भैसकेको छ । बसपार्क निर्माणका लागि कोहलपुर नगरपालिका र नगर विकास समिति बीच गत असोज महिनामै २५ वर्षका लागि लिज सम्झौता गरिएको भैसकेको थियो । करिब ४५ करोडको लागतमा बसपार्क निर्माण हुन लागेको हो । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्र्तराष्ट्रि«य बसहरु समेत सञ्चालन हुनेछन् ।

Leave a Reply