त्रिविमा अनशनरत विद्यार्थीलाई भेटे रामचन्द्र पौडेलले

त्रिविमा अनशनरत विद्यार्थीलाई भेटे रामचन्द्र पौडेलले
त्रिभुवन विश्वविद्यालयमा अनशनरत नेविसंघलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नुपर्नेलगायत माग राखेर अनशन बसेका विद्यार्थीलाई भेट्न पौडेल आइतबार दिउँसो कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालय प्राङ्गण पुगेका थिए।

पौडेलले २०१८ सालमा आफूहरूले स्ववियु गठन गरेको पनि विद्यार्थीहरूसँग बताएका छन्।

१२ दिनदेखि नेविसंघले त्रिविमा अनशन गरिरहेको छ।

नेविसंघ नेता भुवन भट्टले दिएको जानकारीअनुसार पौडेल र कांग्रेस केन्द्रीय सदस्य राजन केसी त्रिवि पुगेर अनशनमा बसेकाहरूलाई भेटेका छन्।

नेविसंघ नेता शिव रिमालका अनुसार पौडेल र केसीले नेविसंघको अनशनलाई ऐक्यवद्धता जनाएका छन्।

Leave a Reply