संविधानको चीरहरण गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न सक्दैन : झाँक्री

संविधानको चीरहरण गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न सक्दैन : झाँक्री

काठमाडौं :  नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिएकि छन । 

प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको  सभालाई सम्बोधन गर्दै झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढ’लिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरिन् ।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन,’ उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’ नागरिकहरु सार्वभौम सम्पन्न भएको जिकिर गर्दै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठित गर्न नसक्ने जिकिर गरिन् । ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ,’ उनले भनिन् ।

 

Leave a Reply