प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  दुईवटा मु’द्दा दर्ता भएका छन्। मंगलबार वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध छुट्टाछुट्टै अदालतको अवहेलना मु’द्दा दर्ता गराएका हुन्।

आचार्यको मु’द्दा ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ। माघ ९ गते काठमाडौँको कार्की ब्यांक्वेटमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्घ सर्वोच्च अदालतमा बहस गरेको विषयमा नि’न्दायुक्त टिप्पणी गरेको उनीहरूको जिकिर छ। त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मु’द्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने नि’न्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको स’जाय माग गरेका छन्। आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेका थिए। तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै यसअघि दर्ता गरेको थिएन।

Leave a Reply