निर्वाचनमा म्यादी प्रहरीले रोजगारी पाउछन्, अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्छ : अर्थमन्त्री पौडेल

निर्वाचनमा म्यादी प्रहरीले रोजगारी पाउछन्, अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताएका हुन् ।

निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ । उनले  छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रहसमेत गरेका छन् । 

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको धारणा राख्दै उनले भने: ‘निर्वाचनमा हुने खर्चलाई कतिपयले फजुल खर्चको रुपमा चित्रण गरिरहनु भएको छ । तर म त्यस्तो ठान्दिनँ किनभने पहिचाको रुपमा खर्च हुँदा पनि स्वाभाविक रुपमा आर्थिक क्रियाकलापमा पनि सहयोग पुर्याउछ ।’

निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने बताउदै अर्थमन्त्री पौडेलले भने: ‘निर्वाचनको लागि केही म्यादी प्रहरी खटाउछौँ, उनीहरुले केही सयमको लागि भए पनि रोजगार पाउछन् । बजार अलि चलायमान हुन्छ । आर्थिक क्रियाकलापमा त्यसले केही सहयोग नै गर्छ ।’

Leave a Reply