लफङ्गामा अघोरी बाबा, मेरिनले भने: भिटेनलाई रिन दिन्छु (भिडियाे)

लफङ्गामा अघोरी बाबा, मेरिनले भने: भिटेनलाई रिन दिन्छु (भिडियाे)

 काठमाडाैँ : युवा र्यापर समिर पाैडेल मेरीनकाे लफङ्गा सार्वजनिक भएकाे छ । पछिल्लाे समयमा युवाहरूले पछ्याइरहेकाे गलत बाटाेलाई समेटेर बनाइएकाे र्याप गीतमा अन्तः बा आमाको सपनालाई पुरा गर्नु पर्ने संदेश दिएको छ ।

एक युवाले बा आमाको सपनालाई लत्याउदै कुलतको बाटो समाएको कथालाई समेटिएको गीतमा अन्त: उक्त बाटोले आफुलाई लक्ष्यमा पुर्याउन नसकेकोमा याचना गर्दै सबैलाई समयलाई चिनेर सत्कर्ममा लग्न सुझाव दिइएको छ ।

मेरिन आफैले रचना गरेको उक्त गीतमा संगीत लोकेन्द्रको रहेको छ भने संगीत संयोजन पिग इ प्रोडको रहेको छ । त्यस्तै भिडियोमा  विजय केसी अघोरी बाबा र टार्जन दाहालको अभिनय रहेको छ । विनोद याख्खाले क्यामेरा र सम्पादन गरेको  लफङ्गालाई वरुण रिजालले निर्देशन गरेका हुन् । हेर्नुस भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *