काङ्ग्रेस बान्निगढि जयगढ  गाउँकार्यसमिति वडा नम्बर ४द्वारा विरोध प्रदर्शन

काङ्ग्रेस बान्निगढि जयगढ  गाउँकार्यसमिति वडा नम्बर ४द्वारा विरोध प्रदर्शन

अछाम : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस बान्निगढी जयगढ गाउँपालिका वडा  नं ४ तिमिल्सैनले  बिहीबार  विरोध प्रदर्शन गरेको छ ।

वडा सभापति भुपिन्द्र खत्रीको  सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य एवं बान्न्निगढी जयगढ गाउँपालिका संयोजक चन्द्रबहादुर बिक रहेका थिए। प्रमुख अतिथिको आसन बाट बोल्दै बिकले प्रधानमन्त्री वलि र राष्ट्रपति बिधा देबि भण्डारीले गरेको  संसद बिगठन कार्य  असंवैधानिक ,अलोकतान्त्रिक भएको   बताएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि जिपिकोइराला फाउन्डेसन अछामका उपाध्यक्ष एवं बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्ला र पुर्व जिल्ला कार्यसमिति सदस्य  प्रेम प्रसाद तिमिल्सैना  रहनु भएको थियो । उक्त कार्यक्रमको संचालन तपेन्द्र ठकुल्लाले गर्नुभएको थियो ।

Leave a Reply