राष्ट्रपति भण्डारीले दिइन बाइडनलाई बधाई

राष्ट्रपति भण्डारीले दिइन बाइडनलाई बधाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले  अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन् । उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।

Leave a Reply