न्यूज २४ बाट बाहिरिए रबि

न्यूज २४ बाट बाहिरिए रबि

बिहिबार प्रसारण हुने कार्यक्रमनै सिधा कुरा जनतासँगको अन्तिम भाग हुने भएको छ । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले बिहिबार प्रसारण हुने भागसंगै न्युज २४ टेलिभिजनको सहयात्राबाट विश्राम लिन लागेको बताएका छन् ।

बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्। उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभिजनबाट पुनः दर्शकमाझ आउने बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा भावुक हुँदै लेखेका छन् भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ।

यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसरकालागि …

Posted by Rabi Lamichhane on Wednesday, 20 January 2021

Leave a Reply