प्रधानमन्त्रीको अन्तर्वाता लिएका चौधरीले भने : ‘सगरमाथामा भारतको दाबी हुनुपर्छ’ (भिडियाे)

प्रधानमन्त्रीको अन्तर्वाता लिएका चौधरीले भने : ‘सगरमाथामा भारतको दाबी हुनुपर्छ’ (भिडियाे)

काठमाडौं : भारतीय न्यूज च्यानल जी न्यूजमा प्रशारण भएकाे प्रधानमन्त्री केपी शर्मा ओलीकाे अन्तर्वार्ताकाे तारिफ भइरहेका बेला जी न्यूजले पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

प्रधानमन्त्री ओलीकाे अन्तर्वार्ताका क्रममा सालिन देखिएका न्यूजका प्रधानसम्पादक सुधीर चौधरीलले एकाएक सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी एक सामग्री प्रसारण गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीकाे अन्तर्वार्ता लिएर हेलिकप्टरमार्फत कालापत्थर पुगेका चौधरीलले सगरमाथाकाे नाम ‘राधानाथ सिकदर’ हुनु पर्ने भन्दै भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नु पर्ने भन्दै आपत्तिजनक  अभिव्यक्ति दिएका छन्  ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलो पटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

Leave a Reply