न्यौपाने द्वारा लिखित बिपि कोइरालाको प्रजातान्त्रिक समाजवाद नामक पुस्तकको बिमोचन

न्यौपाने द्वारा लिखित बिपि कोइरालाको प्रजातान्त्रिक समाजवाद नामक पुस्तकको बिमोचन

अछाम :तपेन्द्र प्रसाद न्यौपाने द्वारा लिखित
बिपि कोइरालाको प्रजातान्त्रिक समाजवाद नामक पुस्तकको बिमोचन गरिएको छ ।

उक्त पुस्तकको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं प्रभावसाली नेता बद्री प्रसाद पाण्डेले अछामको कमलबजारमा बिमोचन गर्नुभएको हो ।

२०५० सालमा अछामको तुर्माखाद गाउँपालिका वडा नम्बर ६ रानिवन  जन्मिएका न्यौपानेले २०६५ सालमा एसएलसी पास गरि  २०६९ सालमा प्रवीणता प्रमाणपत्रतह ,२०७४मा बिए,२०७६ सालमा एम ए राजनीति शास्त्र ,एम ए समाज सास्त्र र त्रिभुवन बिश्व बिधालयमा स्नातक कानुन L.L.B मा अध्यनरत रहेकाछन् ।

बिपि कोइरालाको प्रजातान्त्रिक समाजवाद नामक पुस्तक जसमा बिपिको जिवनी ,प्रजातान्त्रिक समाजवादको परिवेश र रास्ट्रयता,प्रजातन्त्र , समाजवादको ब्याख्या
गरिएको छ । नेपाली राजनीतिमा बिपिको भुमिका ,उनको सिद्धान्तको ब्याख्या ,वर्तमान राजनीति स्थितक्क बारेमा , लोकतन्त्र ,उदार अर्थतन्त्र र,बिपिको अर्थ रणनीति ,उनको आर्थिक सोच ,समाजवादको दिशाको कार्यन्वयनको अर्थको बारेमा चित्रण गरिएको छ । यो पुस्तक कुनै राजनीति दल विशेष नभइ सबैको साझा पुस्तक भएकोले सबैलाई अध्यन गर्न समेत आग्रह गरे । बिमोचन कार्यक्रममा बोल्दै नेता पाण्डेले दुर्गम क्षेत्रमा यस्तो रचनात्मक कार्यहुन अत्यन्त गर्व गर्न लायक विषय भएको बताए । साथै पुस्तकको सफलताको कामना समेत गरे ।

Leave a Reply