रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन्: सुवास नेम्वाङ (भिडियो)

रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन्: सुवास नेम्वाङ (भिडियो)

काठमाडौँ: संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं’ भनेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रधानमन्त्री ओलीले संसद विगठन गरेपछि नेकपामा आएको बिभाजनसंगै ओली समुहका नेता नेम्वाङले उक्त भिडियोमा भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं। अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं।’

केपी ओलीले गरेको संसद विघटनबारे नेम्वाङले अहिलेसम्म सार्वजनिकरुपमा केही बोल्न सकेका छैनन्। ओलीको कदमको बचाउमा सो समूहका नेताहरुले सार्वजनिक मञ्चबाट विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन्। तर, नेम्वाङले भने ओली समूहमै लागेर पनि संसद विघटनको कदमको बचाऊ गरेका छैनन् ।

भिडियो 

 

Leave a Reply