नेकपा विभाजनकै बेला काठमाडौं आइपुग्याे चिनियाँ टोली

नेकपा विभाजनकै बेला काठमाडौं आइपुग्याे चिनियाँ टोली

नेपाली राजनीतिमा उतारचढाव  आइरहेका बेला छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।

चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी नदिइए पनि सत्तारुढ दल विभाजित बनेको बेलाकाे भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।   यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।

नेता यचौ यसअघि ०७४ फागुनमा नेपाल आएका थिए । यचौको भ्रमण भएको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

 

Leave a Reply