नेकपाको प्रवक्ता म हुँ – श्रेष्ठ

नेकपाको प्रवक्ता म हुँ – श्रेष्ठ

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्।

केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘म कुनै व्यक्ति र कुनै समूहको प्रवक्ता होइन, म नेकपाको प्रवक्ता हुँ । मलाई पार्टीले अझ उत्साहपूर्वक आफ्नो कार्य गर्न निर्देशित गरेको छ।’

उता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केपी ओली समूहको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवालीलाई बनाउने निर्णय गरेको छ। सोही बैठकबारे जानकारी दिने क्रममा ज्ञवालीले पनि आफू पार्टीको आधिकारिक प्रवक्ता रहेको दावी गरेका थिए ।

त्यस्तै प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई नै पार्टी अध्यक्षबाट बखास्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply