बाल संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम कुइकामा सम्पन्न

बाल संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम कुइकामा सम्पन्न

अछाम :वडा स्तरीय बाल स्पोन्सर सिप तथा बाल संरक्षण सम्बन्धी १ दिने अभिमुखि करण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ५ कुइकामा सम्पन्न भएको छ । आस्था नेपालको आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा न. ५ का वडा अध्यक्ष नन्दसिङ चलाउने अध्यक्ष रहनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा बाल स्पोन्सरसिप र बाल संरक्षण प्रणाली परियोजना सम्बन्धि जानकारी गराइएको थियो । कार्यक्रममा आस्था नेपालका लभजंग कुवर स्थानीय जनप्रतिनिधि ,शिक्षक , विद्यार्थी स्वास्थकर्मि,महिला स्वयंसेविका ,बालबालिका लगायत सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको संचालन आस्था नेपालका अम्बिका थापाले गर्नु भएको थियो ।

Leave a Reply