कोरोना संक्रमितका लागि बन्यो यस्तो नियम…..

कोरोना संक्रमितका लागि बन्यो यस्तो नियम…..

काठमाडौं : कोरोना संक्रमितले क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घ’टाइएको छ । कोरोना सङ्क्रमितले अब १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  । यसअघि कोभिड–१९ सङ्क्रमितले १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने बताइएको थियो ।

विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ ।

केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा सङ्क्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने जानकारी दिए।

Leave a Reply