देउडामा नयाँ प्रयोग, यस्ताे बन्याे “बालो जोबन” (भिडियाे)

देउडामा नयाँ प्रयोग, यस्ताे बन्याे “बालो जोबन” (भिडियाे)

सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय भाषिक लवज लेखिएकाे गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको गीत सार्वजनिक भएको छ । संयाेग शृङ्गार अर्थात् प्रेममा समर्पणकाे गहिराे भाव बाेकेकाे गीत “बालो जोबन” सार्वजनिक भएको छ । यस गीतका शब्दहरु सुदूरपश्चिम जन्मथलो भएका युवा कवि सोझो गाउँलेले कोरेका हुन् । गीतमा सुदूरपश्चिमकै युवा गायक एवम् संगीतकार विष्णु भट्टले सङ्गीत भरेका छन् भने चौधरी(थारु) गीतकी नम्मर वान गायिका अन्नु चौधरी र विष्णु भट्टले यसमा स्वर दिएका छन् ।गीत  OSR digital युटुब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् । गीतको भिडियोमा पुराना तथा अनुभवी मानिएका याम गुरुङकाे निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ काे सम्पादन रहेकाे छ भने महेश महराले यसमा क्यामरा चलाएका छन् । रुसकाे राजधानी मस्काेमा आयाेजित ‘प्रिन्सेस अफ दि युनिभर्स – २०१७’ की विजेता रक्षा थापा, २०१९ कि नेपाली मिस टिन प्रतिभा रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्ती बाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ ।

आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्दै समय परिस्थिति अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएकाे गीतलाई आफूले लागानी गरेको निर्माता गिरीको भनाइ छ । नयाँ तथा प्रतिभावान कलाकारलाई अवसर दिएको र उनीहरुले निकै मिहिनेतका साथ खटेर काम गरेकाले गीत श्रोता-दर्शकले रुचाइदिने विश्वास उनकाे रहेको छ ।

अहिलेसम्म कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो रेकर्ड भएकाे पहिलो गीत हो । “गीत त डायरीभरि छन् तर रेकर्ड भएकाे याे मेराे पहिलाे गीत हाे; हेराैँ श्राेताहरुले कत्तिकाे रुचाउँछन् ।” साेझाे गाउँलेकाे प्रतिक्रिया थियाे । सुदूरपश्चिममा बोलिने भाषा, शब्द र बिम्वलाई टिपेर आफूले गीत लेखेको र संगीत, स्वर र भिडियाे पनि आफूलाई मन परेकाे आफ्नाे गीतलाई न्याय भएकाे कुरा उनले बताए । हेर्नुस भिडियाे

Leave a Reply