खुल्यो चन्द्रागिरी हिल्सको आइपीओ, आजैदेखि आवेदन दिन सकिने

खुल्यो चन्द्रागिरी हिल्सको आइपीओ, आजैदेखि आवेदन दिन सकिने

चन्द्रागिरी हिल्सको आइपीओ बिक्री बुधाबारदेखी खुला भएको छ। हिल्सले आज पहीलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि आइपीओ बिक्री खुला गरेको छ ।३ लाख ६ हजार ८ सय १९ कित्ता आइपीओ जारी गरेको चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स. वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस आईपीओमा आवेदन दिन पाउनेछन्।

कम्पनीले जारी गर्न लागेको उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ ।

Leave a Reply