बालिकालाई खीर खान बोलाएर ब’लात्कारको प्रयास, ७६ वर्षीय वृद्ध प’क्राउ

बालिकालाई खीर खान बोलाएर ब’लात्कारको प्रयास, ७६ वर्षीय वृद्ध प’क्राउ

सात वर्षीया बालिकालाई ब’लात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई खीर खान घरमा बोलाएर ब’लात्कार गर्ने प्रयास गरेको पी’डित परिवारको उ’जुरीका आधारमा आरोपितलाई प’क्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उ’जुरी दिनुभएको प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आ’रोपितले बालिकालाई घरमा बोलाएर यौ’न दु’व्र्यवहार गरेको बताउनुभयो । कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उ’द्धार गरेको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौ’न दु’व्र्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भन्नुभयो, “त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घ’टना भयो ।” रासस

Leave a Reply