आईपीएल: दिल्लीलाई इतिहास रच्ने माैका, सक्ला त मुम्बईलाई राेक्न ?

आईपीएल: दिल्लीलाई इतिहास रच्ने माैका, सक्ला त मुम्बईलाई राेक्न ?

काठमाडौं: युएइमा जारी इन्डियन प्रिमियर लिग आईपीएलकाे १३ औं  अन्तर्गत मंगलबार (आज) फाइनलमा दिल्ली क्यापिटल्सले साविककाे विजेता च्याम्पियन मुम्बई इन्डियन्सकाे सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे युएईको दुबई हुनेछ। आईपीएलकाे  १३ औं संस्करण चलिरहदाँ पहिलाे पटक फाइनलमा पुगेकाे दिल्ली क्यापिटल्सलाइ इतिहास रच्ने सुनाैलाे माैका समेत रहेकाे छ । यता आईपीएल इतिहासमै सर्वाधिक ४ पटकको च्याम्पियन बनेकाे टिम मुम्बई भने पाँचाै पटक उपाधी कब्जा गर्ने दाउँमा हुनेछ ।

मुम्बईसंग लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा पराजित भएको दिल्लीलाई तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि रहेको छ । लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगेपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *