विद्युत प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

विद्युत प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं : विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्ती भएका छन्।  ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई ‘निमित्त प्रमुख’ रूपमा जिम्मेवारी दिएको हो ।

गत भाद्र ३१ गते ४ बर्षे कार्यकाल सकाएर विद्युुत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएका थिए।  घिसिङलाई पुन नियुक्ति गर्न चर्को जनदबाब भएपनि सरकारले शाक्यलाई जिम्मेवारी सुम्पिएको हो ।

यसअघि तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।  निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । वरिष्ठता अनुसार शाक्यलाइ जिम्मेवारी दिइएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *