आईपीएल: सन्दीपआवद्ध दिल्ली पहिलोपटक फाइनलमा, हैदरावाद बाहिरियो

आईपीएल: सन्दीपआवद्ध दिल्ली पहिलोपटक फाइनलमा, हैदरावाद बाहिरियो

काठमाडौं:  यूएईमा जारी १३ औँ सिजनको आईपीएलको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई  १७ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स फाइनलमा पुगेको छ  ।

आबुधावीस्थित शेख जायद रंगशालामा दिल्लीले दिएको १ सय ८९ रन बनाएको थियो ।  १९० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १७२ रन मात्र बनाउन सक्यो  । हैदरावादका लागि केन विलियमन्सनले सर्वाधिक ६७ रन बनाए भने मनिष पाण्डेले २१  , जोसन होल्डरले ११  , अब्दुल सामदले ३३ , प्रियम ग्रागले १७, रशिद खानले ११  र कप्तान डेविड वार्नरले २ रन बनाए ।

बलिंग तर्फ दिल्लीका कासीगो रवाडाले  सर्वाधिक ४ विकेट लिए भने  मार्कोस स्टोनिस ३ विकेट तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीको पारीमा ओपनर शिखर धवनले सर्वाधिक ७८ रन बनाए भने  मार्कस स्टोइनिसले ३८, शिमरोन हेटमायरले ४२ , श्रेयस अय्यरले २१ र ऋषभ पन्तले नटआउट २ रन बनाए । बलिङमा सन्दीप शर्मा, राशिद खान र जेशन होल्डरले १/१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *