आईपीएल: दिल्लीलाई हराउदै मुम्बई पुग्यो फाइनलमा

आईपीएल: दिल्लीलाई हराउदै मुम्बई पुग्यो फाइनलमा

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत पहिलो क्वालिफायरमा  दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ ।

मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याउने क्रममा फितलो ब्याटिंग गरेको दिल्लीले १४३  रन मात्र बनाउन सक्यो  । दिल्लीको लागि मार्कोस स्टोनिसले सर्वाधिक ६५ रन बनाए भने अक्षर पटेलले ४२ रन , कासिगो रबडाले १५ त्यस्तै कप्तान श्रेयस ऐरले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिंग तर्फ मुम्बईका जस्मिन बुम्राहले सर्वाधिक ४ विकेट लिए भने ट्रेन्ड बोल्ट, किरण पोलार्ड  र कुनाल पाण्डेले समान १/१/ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो । उसका लागि सूर्यकुमार यादवले ५१, इशान किशनले अविजित ५५, क्विन्टन किककले ४०, हार्दिक पाण्ड्याले १४ बलमा ५ छक्कासहित नटआउट ३७ र कृणाल पाण्ड्याले १३ रन बनाए ।  बलिङमा रविचन्द्रन आश्विनले ३, एनरिक नोर्टजे र मार्कस स्टोइनिसले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *