‘राजा आउ देश बचाउ’ भन्दै बुटवलमा विशाल र्‍याली (भिडियाे हेर्नुहाेस् )

‘राजा आउ देश बचाउ’ भन्दै बुटवलमा विशाल र्‍याली (भिडियाे हेर्नुहाेस् )

काठमाडौं :  बुटवलमा राजा आउ देश बचाउ भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ ।

मुलुकमा राजनीतिक खिचातानी बढिरहेका बेला बीर गोर्खाली अभियानको आयोजनामा मोटरसाइकल र्‍याली निकालिएको हो । रुपन्देहीको मणिग्रामबाट निकालिएको र्‍यालीमा सयौं मोटरसाइकल सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी थिए ।

देश र श्रीपेचको रक्षाका लागि र्‍याली निकालिएको आयोजक बीर गोर्खाली अभियानले जनाएको छ । मणिग्रामबाट निस्किएको र्‍याली बुटवलको गोलपार्क परिक्रमा गरी ट्राफिकचोकमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रम संयोजक बसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र राष्ट्र बचाउन सडकमा निस्किएको बताए ।

यस क्रममा हिन्दु राष्ट्रको पुर्नस्थापना समेत माग गरिएको थियो । र उक्त अभियान देशव्यापी चलाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *