देशभर थपिए २ हजार ८२४ जना कोरोना संक्रमित

देशभर थपिए २ हजार ८२४ जना कोरोना संक्रमित

काठमाडाैँ : पछिल्लाे २४ घण्टामा देशभर  २ हजार ८२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिए ।

याे सँगै हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन्  भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर १३ हजार २३ जनाको भएकोमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६२२ जनामा पुष्टि भएको छ ।  यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

यसैगरी उपत्यकासहित १४ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने तीन जिल्ला संक्रमणमुक्त रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *