उपत्यकामा थपिए ३१०७ संक्रमित, कुन ठाउँमा कति ?

उपत्यकामा थपिए ३१०७ संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं: पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ३१०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

बुधबार नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबारमात्रै ३०९३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ४४ हजार ४७६ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *