नाजुक अवस्थामा रानु मंडल, हिमेशले किन छोडे साथ? कारण यस्तो!

नाजुक अवस्थामा रानु मंडल, हिमेशले किन छोडे साथ?  कारण यस्तो!

रेलवे स्टेशनमा लता मङ्गेशकरका गीत गाएर चर्चामा आएकी रानु मंडललाई उनको हुनर र किस्मतले उचाइमा पुर्यायो। स्टेसनमा बसेर गीत गाउँदै गरेको गीत यति धेरै भाइरल भयो कि रानु ठूल्ठूला म्युजिक डिरेक्टरको आँखामा परिन्। छिनमै रानु इन्टरनेट झंकार बन्न पुगिन्।

चर्चित गायक तथा म्युजिक डिरेक्टर हिमेश रेसमियाले रानुलाई ठूलो ब्रेक दिए। रानुले गाएको गीत जताततै गुन्जिन थाल्यो। आफ्नो आगामी फिल्मको दुईवटा गीतमा हिमेशले रानुको स्वर भरे। हिमेशले रानुलाई सक्दो सहयोग गरे। सडकबाट उठाएर सपनाको सहर मुम्बईसम्म पुर्याए। रातारात रानु सेलिब्रेटी बनिन्। उनलाई कार्यक्रमहरूमा बोलाउन थालियो। उनका बारेमा समाचार बन्न थाले। रानु चर्चाको शिखरमा पुगिन्।

तर रानुले आफ्नो चर्चालाई जोगाउन सकिनन्। फ्यानहरूसँग गरेको गलत व्यवहारका कारण रानु विवादमा परिन्। भनिन्छ, चर्चाले रानुभित्र अहंकार भरिदियो। यही अहंकारका कारण रानुलाई दर्शकहरूले देख्न चाहेनन्। दर्शकहरूको अपमान गरेका कारण हिमेश रानुसँग निकै दुखी भए।

हिमेशले रानुलाई उनको व्यवहारका लागि माफीसमेत माग्न लगाए तर रानुले मानिनन। दुखी भएका हिमेशले बिस्तारै रानुसँग दूरी बनाउन थाले। दर्शकरूले मन नपराएपछि रानुले काम पाउन छाडिन्।

पछिल्लो समय लकडाउनका कारण रानुको हालत निकै नै बिग्रेको खबरहरू आएका छन्। काम नपाएपछि रानुले फ़ेरि पनि सडकमा गीत गाउनुपर्ने अवस्था आएको छ। रानुको अहंकारले उनलाई जलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *