थप २०५९ जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या एक लाख नाघ्याे

थप २०५९ जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या एक लाख नाघ्याे

पछिल्लाे २४ घण्टामा नेपालमा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७६  पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बिहिबार मात्रै ४३६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २७ हजार ५३ रहेकाे छ ।

Leave a Reply