प्रधानमन्त्रीलाई ऋचाकाे खुलापत्र ‘भोलि मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

प्रधानमन्त्रीलाई ऋचाकाे खुलापत्र ‘भोलि मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । देशमा दिनप्रतिदिन ब’लात्कारका घ’टना घ’टिरहदाँ सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन् ।

यस्तो छ अभिनेत्री शर्माकाे चिठी

आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई ला’ज लाग्न थालेको छ। ड’र लाग्न थालेको छ। मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पो’लेर आउँछ।

मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने ड’र लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने ड’र लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि ड’र लाग्न थालेको छ। मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पी’र पर्न थालेको छ।

दिनहुँ स(साना नाबालकहरुलाई पनि ब’लात्कार गर्ने भ’क्षकहरु या त खु’लेआम हिँडेको या ढा’कछोपले सामान्य ज’रिवाना र गन्न मिल्ने जे’लका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई ला’ज लाग्न थालेको छ। जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा ब’लात्कार जस्तो ज’घन्य अ’पराधलाई, का’नुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ।

हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं, तर अफसोच, सोचले अझै पि’छडिएका छौं।

यहाँ बालिकाहरुलाई समेत खु’लेआम रा’क्षसहरुले भो’ग लगाउँदा, हामी क’ठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनी हेर्नुस्। के यो देशमा उनीहरु सु’रक्षित छन् र ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला ड’गमगाउँदैछन्। बाँकी तपाईंहरू बुझ्झकी !

निवेदक एक आम नेपाली नारी,
ऋचा शर्मा

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न…

Posted by Reeccha Sharrma on Thursday, 8 October 2020

Leave a Reply