कांग्रेस कोभिड १९ संक्रमण सुचनाको अछाम संयोजकमा चलाउने मनोनीत

कांग्रेस कोभिड १९ संक्रमण सुचनाको अछाम संयोजकमा चलाउने  मनोनीत

नेपाली  कांग्रेस अछामका युवा नेता तथा समाजसेवी नवराज चलाउनेलाई नेपाली काङ्ग्रेस कोरोना अनुगमन विभागले  अछाम  जिल्ला संयोजकमा चलाउने लाई  मनोनीत गरेको छ । काङ्ग्रेस सह-महामन्त्री एवं नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाश शरण महतका अनुसार देश भित्र कोभिड १९ ले पारेको असरको सम्बन्धमा कोभिड-१९ अनुगमन समितिलाई नियमित रुपमा सूचना र जानकारी दिन तथा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा प्रतिपक्षी दल नेपाली कांग्रेसको भुमिका थप सशक्त बनाउन नवलपुर सहित देशका सबै जिल्लामाहरुमा कोभिड-१९ संक्रमण सूचना संयोजक तोकेको हो ।

सूचना संयोजकले जिल्लामा कोभिड-१९ संक्रमणको स्थिति परिक्षणको अवस्थामा , आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक र सामाजिक अवस्थाको मूल्याकंन र सुचना केन्द्रलाई जानकारी गराउने र सरकारले चालेका कदमहरु त्यसको प्रभावकारी कार्यन्वयनका पक्षहरूलाई अध्यन गर्ने जस्ता कार्यहरु गर्नेछन ।

जिल्ला संयोजक चलाउनेले  केन्द्रले आफुलाइ विश्वास गरेर वर्तमान परिप्रेक्ष्यमा महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा आफू गम्भीर भएको र आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट पूरा गर्न कुनै कसर नछाड्ने भन्दै मनोनयनका लागि धन्यवाद समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *