दुखद खबर : जाजरकोटमा जीप दु’र्घटना, वडाध्यक्षसहित ७ को मृ’त्यु

दुखद खबर : जाजरकोटमा जीप दु’र्घटना, वडाध्यक्षसहित ७ को मृ’त्यु

जाजरकोट, २१ असोज : जाजरकोटमा जीप दु’र्घटना हुँदा ७ जनाको ज्या’न जा’नुका साथै १ जना ग’म्भीर घा’इते भएका छन् । जुनिचाँदेगाउँपालिका-१, मुसामार्ना भन्ने स्थानमा जीप दु’र्घटना हुँदा ७ जनाको ज्या’न जानुकै साथै १ जना ग’म्भीर घा’इते भएको प्र’त्यक्षदर्शीले बताएका छन्। उनी शिक्षक रहेको खुल्न आएको छ ।

प्रत्यक्षदर्शी जुनीचाँदे-१ का स्थानीय शेर बहादुर रावतका अनुसार ज्यान गुमाउनेमा जुनीचाँदे-११ नम्बर वडाका वडाध्यक्ष अन्दाजी ४९ वर्षीय अमरबहादुर शाही, सोही वडाका अन्दाजी ६५ वर्षीय कृति बहादुर शाही र वडा नम्बर ५ कि अन्दाजी १९ वर्षीय मालिका बस्नेतको ज्या’न गएको छ । अन्य ४ जनाको पहिचान हुन नसकेको प्र’त्यक्षदर्शी रावतले सत्कार पोस्टलाई जानकारी दिए ।

उनका अनुसार अन्दाजी ४९ वर्षीय नरबहादुर बुढा ग’म्भीर घा’इते भएका छन् । उनलाई उ’पचारका लागि अस्पतालतिर लिंदै गरेको बताए ।

जीप नम्बर समेत थाहा नभएको अवस्थामा कति यात्रु सवार थिए ? भन्ने कुरा समेत खुल्न नसकेका उनले बताए । उनले भने, “जीप टुक्राटुक्रा भएर खोलामा छ, नम्बर प्लेट कति हो थाहा छैन्, यात्रु कति चढेका थिए त्यो पनि थाहा छैन्, ७ वटा लास खोलाकिनारमा यत्रतत्र छरिएका छन्, दुईजनाको ला’स खोलाले बगाउँदै थियो ।

पालिकाको बैठकमा खटिएको असाई नेतृत्वको प्रहरी टोली घ’ट्नास्थलमा पुगेपनि दु’र्घटनामा परेकाहरुको उ’द्धार हुन नसकेको स्थानीय रावतले जानकारी दिए । मृ’तकका आफन्त घ’टनास्थल पुगेर ढुङ्गामुढा गर्नेसम्मको स्थिति सिर्जना भएको उनको भनाइ छ । उनले उ’द्धारमा स’मस्या हुने देखिएपछि घ’टना स्थलतर्फ ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट थप सुरक्षाकर्मी आउन थालेको सूचना प्राप्त भएको बताएका छन् ।

उता जीप चालक जुनिचाँदे- ५ का गोरख बहादुर बस्नेत फ’रार रहेको रावतले बताए । सत्कार पोष्ट

 

Leave a Reply