उपत्यकामा थपिए १५९९ जना संक्रमित, कुन ठाउँमा कति ?

उपत्यकामा थपिए १५९९ जना संक्रमित, कुन ठाउँमा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९९ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमा काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जना रहेका छन् ।

अाइतबार नेपालमा २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् ।  हाल देशभर सक्रिय संक्रमितकाे संख्या २२ हजार २१९ रहेकाे छ ।

Leave a Reply