सांसद गगन थापालाई कोरोना देखियो

सांसद गगन थापालाई कोरोना देखियो

पुर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य/ सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। सांसद थापाले सामाजिक संजाल मर्फत् आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो । थापासहित केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ।

थापाले फेसबुकमा लेखेका छन् “असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।”

 

 

Leave a Reply