डोनाल्ड ट्रम्पलाई देखियाे कोरोना…

डोनाल्ड ट्रम्पलाई देखियाे कोरोना…

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिल राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply